• २७ चैत्र २०८०, मंगलवार
  • Kathmandu, Nepal
  • +977-9851008127
  • info@kiratdewasrai.com

हाम्रो बारे

Spread the love

देवास राईको परिचय

नेपाल बहुजाति, बहुभाषि, बहुसंस्कृति भएको राष्ट्र हो l यहाँ बसोबास गरिरहेका आदिवासी जनजातिहरुको  आ-आफ्नै मौलिक भाषा, संस्कृति, इतिहास र पहिचान छ l किरात देवास राई पनि आफ्नो छुट्टै भाषा, संस्कृति, इतिहास र पहिचान भएको आदिवासी जनजाति हो l

नेपालको प्राचिन कालमा महिषपाल वंश अन्तिम शासक  भुवन सिंहलाई परास्त गरी इसा पुर्व  छैठौ सताब्दी तिर राजा बनेका प्रथम किराती राजा यलम्बरका सन्ततिहरु मध्येकै देवास राई पनि हो l किरातीका अन्तिम राजा गस्ती  मगधको आक्रमणबाट बिचलित भई मुलथलो बैशाली छाडेर आएका लिच्छिवीहरुले प्राचिन नेपालको राज्य शासन  व्यवस्था आफ्नो हातमा लिएपछि विस्थापित भएका किरातीहरु ठूलो  हुल पूर्व भेगतिर लागेको इतिहास छ l यहि भागमा केहि किरातीहरु प्राचिन नेपाल कै वरपर बसोबास गरेको इतिहासमा छ l इतिहासमा धुलिखेल किराती छाँप, मकवानपुर सेन किराती संयुक्त राज्य, उदयपुर चौदण्डी राज्य  भएको उल्लेख  छ l

अठारौ शताब्दीतिर गोरखाका राजा पृथ्वीनारायण शाहले बाइसे चौविसे राज्यलाई एकीकृत गर्दै गर्दा मकवानपुर राज्यका चौतारिया बाझाहाङ राई, धुलिखेलका राजा महेन्द्र सिं राई, उदयपुर चौदण्डीका राजा वुद्धि कर्ण राई भएको इतिहास छ l यिनै किराती राजा चौतारियाका सन्तान भाई भारदारहरु नै आजका देवास राईहरु हुन् l

अत: शाहकालीन एकात्मक राज्य व्यवस्थाको कारण र आफ्नो सम्पूर्ण अधिकार गुमेका कारण उत्पिदनामा परेका वल्लो किरात यी राईको धर्म, संस्कृति, भाषा र पहिचान संकटमा परेको देखिन्छ l सामन्ती वर्ग, सोशक वर्गको उत्पिदनामा परेकाले गरिबी, अशिक्षा र अवसरबाट बन्चित देखिन्छ l

यिनै समस्याको अध्ययन अनुसन्धान गर्न  २०६१ साल भाद्र ३ गते “किरात देवास राई उत्थान समाज नेपाल”  नामक अविछिन्न उत्तराधिकारी संस्थाको  गठन भएको छ l गठन पश्चात विभिन्न जिल्लाहरुमा छरिएर रहेका देवास राईहरुमा आपसी एकता कायम गर्दै गुमिएका आफ्नो हक, अधिकार, भाषा, संस्कृति, पहिचानको उत्थान, विकास गर्न विभिन्न कार्यक्रम गरिरहेको छ l

भौगोलिक हिसावमा आधुनिक नेपालको मध्ये क्षेत्र बागमती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, धादिङ, नुवाकोट र काभ्रेमा सघन बसोबास रहेको एवम् २  नम्बर प्रदेशको रौतहट, बारा, पर्सा र सर्लाहीमा समेत यस जातिको सघन बसोबास रहेको छ l अन्य केहि जिल्लाहरुमा पनि बसोबास गरिरहेको पनि जानकारी भएको छ l संस्थाको आफ्नो अध्ययन र नेपाल तथ्यांक विभागको अध्ययनलाई आधार मान्दा  करिव एक लाख पचास  हजार हाराहारीको जनसंख्या रहेको देखिन्छ l

शाहकालीन, राणाकालीन, पंचायतीकालिन साशन व्यवस्थामा दासत्व, उत्पिदनामा परेको यो आदिवासी जनजाति हालको दलीय संघीय गणतन्त्रात्मक शासन व्यवास्थामा पनि राजनैतिक पहुँच, अवसर तथा उच्च जाति, सामन्ती वर्गको प्रभाव, राजनैतिक तथा सामाजिक आरक्षणको अभावका कारण र गरिबी, अशिक्षा एवम् समुदायमा चेतनाको अभावले  अझै पनि समुदायको विकास एवम् उत्थान हुन सकेको छैन l  तसर्थ गुमाएका आफ्नो गौरवमय पहिचान र अधिकारलाई पुन: स्थापित गर्न सम्पूर्ण छरिएर रहेका किरात देवास राईहरु एकजुट भई आ-आफ्नो क्षेत्र, स्थानबाट समुदायको उत्थान एवम् विकास गर्न लाग्नु पर्ने आजको आवश्यकता छ l

धन्यवाद !

अध्यक्ष:- आशामान राई

किरात देवास राई उत्थान समाज नेपाल ,

केन्द्रिय समिति, काठमाडौं, नेपाल

इमेल : – rai.ashman@gmail.com

फोन नं. :- ९८५१००८१२७